|
२०८१ कार्तिक ९
कञ्चनपुर : लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शङ्कास्पद छ, उनले भने , “मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्