ओखलढुङ्गाको मोलुङमा बन्‍दुकसहित एक पुरुष मृत भेटिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार २३

ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका ६ श्रीचौरमा भरुवा बन्दुक सहित एक जना परुषको सव फेला परेको छ ।

मोलुङ गाउँपालिका वडा नम्बर ६ मंसिरे निवासी कर्णबहादुर तामाङको सव भरुवा बन्दुकसहित सोमवार बिहान जङ्गलमा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक मनिस लुइँटेलले बताएका छन् ।

घाँस काट्न गएका स्थानीयले सव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक तामाङ आइतबार बिहान देखी घरबाट हिँडेको पारिवारिक श्रोतको भनाई छ । खबर पाउन साथ प्रहरी चौकी श्रीचौरका प्रहरीहरू घटना स्थलमा पुगेका छन् ।

घट्नाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *