×

धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ

अशोज २१, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : दसैँमा गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँबाट १३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरु छन् । काठमाडौँको कोटेश्वरबाट ३ जना र बल्खुबाट ६ जनालाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले हाम्रोदेशलाई बताए ।

उनले भने, ‘बल्खु र कोटेश्वर लगाायतका ठाउँबाट १३ जनालाई पक्राउ गरेर कानुनी कारबाहीका लागी सम्बन्धित प्रहरी वृत्तलाई जिम्मा लगाएका छौं ।’यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: