मौसम भोलिबाट मात्र क्रमिक सुधार हुँदै जाने सम्भावना छ: मौसमविद्

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १२

काठमाडौँ : बिहीबार बेलुकादेखि देशभर लगातार वर्षा भइरहेको छ। मनसुन अवधि सकिने बेलातिर भीषण वर्षा हुँदा देशका विभिन्न स्थानमा ठूलो मात्रामा जनधन क्षति भइरहेको छ।

मौसमविद्ले यसपटक ठूलै वर्षा भइरहेको बताएका छन्। यो केही वर्षयताकै ठूलो वर्षा पनि हुनसक्ने जल तथा मौसम विज्ञान विभागको अनुमान छ।

‘वर्षा ठूलै हो’, विभागकी सूचना अधिकृत विभूति पोखरेलले शनिबार दिउँसो नेपालखबरसँग भनिन्, ‘यो केही वर्षयताकै ठूलो वर्षा हो वा होइन भन्ने विषयमा आज बिदा परेकाले हामीले तथ्यांक विश्लेषण गर्न पाएका छैनौँ, अब भोलि अफिस खुलेपछि हामी अध्ययन गर्नेछौँ।’

वरिष्ठ मौसमविद्समेत रहेकी पोखरेलले भोलि आइतबारदेखि मात्र मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको बताइन्। ‘भोलिबाट मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना छ’, उनले भनिन्, ‘त्यसअघि वर्षा रोकिने सम्भावना देखिन्न।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *