मिलन खालिङ।
सोलुखुम्बु माप्य दुधकोशी गाउँपालीका अध्यक्ष बुद्धि किरण राईले काठमाडौ आएको बेला आफू वर्षको तीन चार पटक त्रिभुवन विश्वविद्यालय पुग्ने बताउनु भयो ।उहाले त्रिभुवन विश्वविद्यालय बाट मास्टर डिग्री गर्नुभएको थियो ।
विद्यार्थी जीवन देखि राजनीतिमा हुमिएका राई सोलुखुम्बु देखी शिक्षाको पाईला टेक्दै बहुमुखी क्याम्पस सल्लेरी बाट स्नातकोत्तर उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय बाट २०६३ सालमा मास्टर डीग्री सक्नुभएको हो ।
दाक्सु मिडियामा गरीएको एक संवादमा उहाले आफुले विश्वविद्यालयमा अध्यन गर्दा राजनीतिक र सामाजिक कुराहरु सिकेको सम्झनुभयो उहाले पुर्वा पस्चिमका साथिहरु संग खेलेको पढेको र फेरी पढौ पढौ लागेको उहाले बताउनु भयो । आर्थिक अवस्था कमजोर हुदा पढ्न गार्हो भएको कुरा सम्झदै उहाले विश्वविद्यालयको आफ्नो अध्यन निकै अविस्मरणीय रहेको बताउनु भयो ।
मास्टर पढ्दै गर्दा स्ववियुका अग्रज सभापति सचीवको राम्रो संगत सल्लाह पाएका कारण अहिले यो स्थानमा रहेको राई बाताउनु हुन्छ । कुराकानीकै क्रममा आफू यहि क्षेत्रमा अग्रजहरुको सल्लाह सुझाव संगत रहिरहेको भए अझ फट्को मारिन्थ्यो गाउँ फर्किएर अलिकती खुम्चिएको महसुस लाग्ने बताउनुहुन्छ ।
आफ्नो आर्थिक अवस्था कमजोर भएर पनि राम्रो शिक्षा लिएको अनुभव सुनाउदै पछिल्लो पुस्ताका भाईबहिनिलाई मास्टर डिग्री पि एच डी सम्म अध्यन गर्न सुझाव दिनुभयो ।
सिकाईले मान्छेलाई अगाडि बढाउन बौद्धिक बनाउनुका साथ साथै धेरै कुराहरुमा काम गर्न आट दिने बताउनुहुदै हरेकले उच्च शिक्षा लिनु पर्ने बताउनु भयो
अहिले राई सोलुखुम्बु जिल्लामै युवा तथा लोकप्रिय नेताको सुचिमा अग्रपंक्तिमा पर्नुहुन्छ । माप्य दुधकोशी गाउँपालीकामा एमालेको तर्फबाट अध्यक्ष पदमा दोश्रो कार्यकालको लागि निर्वाचित हुनुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया