स्थानीय तह निर्वाचन तयारी, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न गठबन्धन बैठक बस्ने तय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
‘आज बिहान ११ बजेका लागि गठबन्धन बैठक बोलाइएको हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो। प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन्।
यस्तै बैठकमा चुनावी तालमेलबारे कुराकानी गर्ने तयारी छ।
नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधार सत्तारूढ गठबन्धनका दलहरूसँग तालमेल गरेर जाने निर्णय केन्द्रीय समितिबाट गरेको थियो। त्यसपछि पहिलोपटक आज गठबन्धन बैठक बस्न लागेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई चुनावसम्म कायमै राख्ने बताइरहेका छन्।
आजको बैठकमा महानगरहरूमा कहाँ कसले लिने भन्नेमा प्रारम्भिक छलफल गर्ने तयारी रहेको स्रोतले जनाएको छ। वैशाख ३० मा चुनाव हुने भएकोले अहिलेदेखि नै कहाँ कसले उम्मेदवारी दिने टुंग्याएर प्रचारप्रचारमा जाने तयारी छ।
माओवादी अध्यक्ष प्रचण्डले बुधबार चितवन पुगेर भरतपुरको मेयरमा पार्टीको दाबी रहेको बताइसकेका छन्। भरतपुरमा यसपालि कांग्रेसले आफूले नछाड्ने बताइरहेको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्