काठमाडौं । सरकारलाई पूर्णता दिन नसकेका प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।
मंगलवार साँझ बसेको बैठकले परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गर्ने निर्णय गरेसँगै बुधबार पनि मन्त्रिपरिषदकै पूर्णताबारे छलफल गर्न बैठक बोलाइएको हो ।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बुधबार साँझ ५ गठबन्धनको बैठक बस्न लागेको हो।
कांग्रेसको पदाधिकारी बैठकपछि गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यले जानकारी दिए।
मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा निर्णय गर्न गठबन्धनको बैठक बस्न लागेको हो। यसअघि मंगलबार बसेको गठबन्धनको बैठकले कांग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो।
सत्तारुढ गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रको पनि अहिले स्थायी समिति बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे निर्णय हुने जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया