भाउजूको हत्याको आरोपमा देवर पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ ५

विराटनगर । रंगेली नगरपालिका– ३ कि २४ वर्षीय अनिता यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै १९ वर्षीय देवर विनोद यादवलाई पक्राउ गरेको छ ।

बुधबार बिहान पानी नरहेको नहरको बीच भागमा अनिताको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीले श्रीमान बेचनसहित परिवारका चारजना सदस्यलाई नियन्त्रणमा राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्यामा १९ वर्षीय देवर विनोदको संलग्नता देखिएको छ।

‘महिलाको हत्यामा देवरको संलग्नता देखिन्छ,’ प्रहरी उपरीक्षक खड्काले भने,‘प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण घर झगडा देखिन्छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *