माधव पक्षको दोस्रो दिनको बैठक जारी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २२

काठकाठमाडौ, साउन २२ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेला शुरू भएको छ । बुद्धनगरको एक पार्टी प्यालेसमा शुरू भएको बैठकमा हिजो उपस्थित नभएका नेता सुरेन्द्र पाण्डे पनि उपस्थित भएका छन् । तर योगेश भट्टराई भने अनुपस्थित भएको नेताहरुले बताएका छन् ।

पीएसओलाई कोरोना देखिएको र आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बिहीबारको बैठकमा सहभागी हुन नपाएको पाण्डेले जानकारी गराएका थिए ।

आज बाँकी केन्द्रीय सदस्यहरूले पार्टी एकता वा विभाजनको सन्दर्भमा आआफ्ना धारणा राख्ने छन् । बैठकमा ७० जनाभन्दा बढी सदस्य सहभागी रहेको नेता गंगालाल तुलाधरले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *