|
२०८३ श्रावण ७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्म दुवैको अन्तिम उद्देश्य जनकल्याण र समाजसेवा रहेको बताएका छन्।
नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घद्वारा आयोजित कार्यक्रममा उनले मानवसेवा आश्रमले असहाय र बेसहारा नागरिकका लागि पुर्याएको योगदानको प्रशंसा गर्दै मानवसेवा सबैभन्दा ठूलो सेवा भएको उल्लेख गरे।
थापाले बिपी कोइरालाको विचार स्मरण गर्दै राजनीति सत्ताका लागि नभई जनताको हित र सेवाका लागि समर्पित हुनुपर्ने धारणा व्यक्त गरे।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्