सोलुखुम्बु — सोताङ गाउँपालिका–२ मा निर्मित नयाँ प्रशासनिक भवनको आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि सोलुखुम्बु जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला रहेका थिए।
उद्घाटन समारोह गाउँपालिका अध्यक्ष लिखराज बस्नेत, उपाध्यक्ष अन्जु नाछिरिङ तथा वडा नं। २ का वडाध्यक्ष श्याम कुमार खालिङको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा अन्य वडाका अध्यक्षहरू, कर्मचारी, सरोकारवाला निकाय तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।
समारोहका अवसरमा वडाबासी प्रतिष्ठित व्यक्तित्वहरू—उद्यमी, उत्कृष्ट कृषक, पर्वतारोही, खालिङ पुर्खा तथा समुदायका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका स्थानीयहरूलाई विशेष सम्मान समेत प्रदान गरिएको थियो। सम्मानले स्थानीयमा थप प्रेरणा जागृत भएको सहभागीहरूले बताए।
एक करोड ३० लाख लागतमा निर्माण भएको यो भवन ६० प्रतिशत जिल्ला समन्वय समितिको तथा ४० प्रतिशत गाउँपालिकाको साझेदारीमा सम्पन्न गरिएको हो। यस भवन सञ्चालनमा आएपछि प्रशासनिक सेवा अधिक सहज, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्