सोताङ गाउँपालिकाले सार्वजनिक गर्यो शैक्षिक श्वेतपत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार ७

असार ६, सोलखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले शैक्षिक श्वेत पत्र सार्वजनिक गरेको छ । शुक्रार गाउँपालिकाको गुणस्तर अभिवृद्धि गर्दै समावेशी तथा गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्न यो श्वेतपत्र सार्वजनिक गरिएको हो । “गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, संस्कार सहित शिक्षा आजको आवश्यकता“ भन्ने मूल नाराका साथ, पालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा शैक्षिक श्वेत पत्र २०८२ साउन १ गतेबाट लागू हुने गरि सार्वजनिक गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । श्वेतपत्र गाउँपालिकाभित्रका विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, प्रधानाध्यापक तथा विभिन्न शैक्षिक संघसंस्थासँगको समन्वयमा तयार पारिएको जनाइएको छ ।
श्वेतपत्र निर्माण समितिमा आठ संस्थाहरूको प्रतिनिधित्व रहेको छ, जसमाः
संयोजकः रितबहादुर बस्नेत (शिक्षा शाखा, सोताङ गाउँपालिका)
सदस्यहरूः
नार्केल भला बस्नेत (शिक्षा अधिकृत, रिड नेपाल)
पदम भुजेल (बासुकी आधारभूत विद्यालय)
मोतीराम बस्नेत (वीरेन्द्र ज्योति मावि)
टंकप्रसाद ढकाल (हुलु मावि)
गिता कुलुङ
झपट बहादुर बोहरा (सेतो गुराँस, राष्ट्रिय बाल विकास केन्द्र)
श्वेतपत्रमा ४७ बुँदा समावेश गरिएको छ, जसमा निम्न महत्वपूर्ण सूचकहरू उल्लेखनीय छन ।

विद्यालय प्रोफाइल निर्माण र प्रस्तुति
शिक्षक तथा विद्यार्थी डायरीको प्रयोग र विद्यार्थी मूल्यांकन फारम
पाठ्यपुस्तकरहित पाठ्यक्रम, शिक्षक निर्देशिका र नाराको अनिवार्य कार्यान्वयन
विद्यालयमा पूर्णरूपमा झन्झट निषेध
आईटिसि (सूचना प्रविधि) को अधिकतम प्रयोग
गाउँपालिकाको कुल शिक्षा बजेटको ५० प्रतिशत शिक्षकमाथि लगानी गर्ने योजना
अध्यक्ष बस्नेतले अर्को आर्थिक वर्षदेखि शिक्षकहरूको लागत साझेदारीमा ल्यापटप प्रयोग सुरु गरिने घोषणा समेत गर्नुभयो । शिक्षा क्षेत्रमा नविनतम सोच र प्रतिबद्धताका साथ अघि बढ्न गाउँपालिकाले चालेको यो कदमलाई स्थानीय समुदाय, शिक्षक तथा सरोकारवालाहरूले सकारात्मक रूपमा स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *