काठमाडौँ — सोलुखुम्बुको लिखु पिके गाउँपालिका अध्यक्ष मीन कार्की वस्नेतले नुम्बुर हाइड्रोपावर कम्पनीलाई प्रिमियम मूल्यमा सेयर निष्कासनको अनुमति नदिन आग्रह गर्दै नेपाल धितोपत्र बोर्डमा ज्ञापनपत्र पेश गर्नुभएको छ।
बोर्डमा व्यक्तिगत रूपमा उपस्थित भई बुझाइएको सो पत्रमा कम्पनीले वित्तीय अनुशासनको उल्लंघन गरेको, वातावरणीय मापदण्ड पालना नगरेको, सामाजिक उत्तरदायित्वप्रति बेपरवाह देखिएको र स्थानीय सरोकारवालाको भावना विपरीत कार्य गरेको आरोप लगाइएको छ।
पत्रमा उल्लेख भएअनुसार परियोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय समुदाय लामो समयदेखि आन्दोलनरत छन्। समस्या समाधानका लागि सरकारी तहमा समिति गठनको प्रक्रिया समेत अघि बढिरहेको अवस्थामा कम्पनीलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न दिनु अनुचित हुने अध्यक्ष वस्नेतको तर्क छ ।
अध्यक्ष वस्नेतले यस्ता समस्या समाधान नभएसम्म शेयर निष्कासनको प्रक्रिया रोक्नुपर्ने माग गर्नुभएको हो।




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Clara2934
August 21, 2025https://shorturl.fm/6S5Nl