×

शेयर बजार घटनुको कारण : धितोपत्र बोडमा मामा भान्जाको चलखेल

माघ १०, २०७८ | दाक्सु मिडिया

आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेल र ओपल सेक्युरिटीज (ब्रोकर ४) का प्रबन्ध निर्देशक सुमन गौतमले गोप्य सुचना चुहाएर  इन्साइडर ट्रेडिङ गराएका छन् । पौडेलले आफ्नो भन्जा गौतम मार्फत  हकप्रद सेयर स्वीकृतिको पखाईमा रहेको शिखर इन्स्योरेन्सको सेयरमा इन्साइडर ट्रेडिङ गराएका हुन् ।

नेपाल धितो पत्रबोर्ड (सेबोन) विगत ५ महिनादेखि अध्यक्ष बिहिन हुँदा आईपीओ तथा हकप्रद सेयर निष्काशन हुन सकेको थिए । उक्त प्रक्रियालाई निकासि दिन गत पुस २९ गते बसेको धितोपत्र सञ्चालक समितिको बैठकले पौडेललाई पाइपलाइनमा रहेका कम्पनीलाई आईपीओ र हकप्रद सेयर स्वीकृती गर्ने अख्तियारी दिएको थियो ।

माघ ३ गते नेप्सेमा शिखर इन्स्योरन्सको ७ करोड ९० लाख ५५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । उक्त रकममध्ये १ करोड २ लाख २९ हजारको सेयर ओपल सेक्युरिटिजले मात्र खरिद गरेको छ । १ करोड माथिको सेयर खदिर गर्ने कम्पनीले उक्त दिन जम्म ६ लाख ५५ हजार रुपैयाँको मात्र सेयर बिक्री गरेको छ ।

माघ ६ गते सेबोनले शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रदको अनुमति दिएको थियो ।माघ २ गते ओपल सेक्युरिटिजले शिखर इन्स्योरेन्सको १ लाख २९ हजार रुपैयाँको सेयर खरिद गरेको थियो भने, माग ४ गते शिखरको सेयर खरिद गरेको छैन । यस्तै माघ ५ गते १ लाख ५७ हजार रुपैयाँ र शिखरको हकप्रद स्वीकृत प्राप्त गरेको माघ ६ गते ओपल सेक्युरिटिजले २५ लाख २८ हजार रुपैयाँको सेयर खरिद गरेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: