|
२०८३ जेष्ठ १२
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पर्सा अदालतको आदेशपछि रिहा गरिएको छ। उनलाई साधारण तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार अदालतको आदेश प्राप्त भएपछि उनलाई रिहा गरिएको हो। प्रसाईंविरुद्ध साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो।उनी केही दिनअघि वीरगञ्जस्थित होटल दियालोबाट पक्राउ परेका थिए। त्यसपछि कानुनी प्रक्रिया अघि बढ्दै अदालतसम्म पुगेको थियो।
अदालतको पछिल्लो निर्णयसँगै उनी हाल साधारण तारेखमा रहेका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्