प्रधानमन्त्रीलाई संसद् प्रश्नोत्तरमा ल्याउने रास्वपाको प्रतिबद्धता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १२

काठमाडौँमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीलाई संसद्‍मा उपस्थित गराएर प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउने प्रतिबद्धता जनाएको छ।

रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले नियमावलीअनुसार प्रधानमन्त्रीलाई छिट्टै संसद्मा ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन्। संसद् सञ्चालनको पहिलो साता नै प्रधानमन्त्री र सांसदबीच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था रहेको बताइएको छ।

यसैबीच विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै लगातार संसद् अवरुद्ध गर्दै आएका छन्। माग सम्बोधन नभए आगामी बैठक पनि अवरुद्ध गर्ने चेतावनी उनीहरूले दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *