विभिन्न क्षेत्रका १६ कम्पनीको साढे ४ अर्बको आईपीओ आउँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ ५

काठमाडौं । विभिन्न क्षेत्रका १६ वटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनको (आईपीओ) बिक्रीको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन राखेका छन् । नेपाल धितोपत्र बोर्डको वैशाख ३१ गतेसम्मको विवरण अनुसार १६ कम्पनीको ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको ५ करोड ९६ लाख ७७ हजार ६३४ कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेका छन् । जसमध्ये ३ वटा लघुवित्त रहेका छन्।

वैशाख १३ गते मानुसी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

त्यस्तै वैशाख २१ गते दोर्दी खोला जलविद्युत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २९ लाख ९२ हजार ९२९ कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

हाइड्रोपावर क्षेत्रकै साहस उर्जा कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयका लागि १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । आयोजना प्रभावित स्थानीय र सर्वसधारणका लागि गरेर सयपत्री हाइड्रोपावर कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयर, अपर सोलु हाइड्रो इलेक्ट्रोसिटी कम्पनीले ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५०० कित्ता साधारण सेयर जारी गलर्ने अनुमति मागेको छ ।

हाइड्रोपावर क्षेत्रकै हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता, बुद्ध भूमी हाइड्रोपावरले १२ करोड रुपैयाँको १२ लाख कित्ता, बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँको ३६ लाख ५५ हजार ९४० कित्ता र हाइड्रोपावर क्षेत्रकै ग्रिन भेञ्चर्सले ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्दैछ ।

अन्य समूहको डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता र लघुवित्त क्षेत्रको मनकामना स्मार्ट लघुवित्तले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमति धितोपत्र बोर्डसँग माग गरेका छन् ।

मैलुङ खोला जलविद्युत कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता, न्यादी हाइड्रोपावरको ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता र विन्धवासिनी हाइड्रोपावर कम्पनीको २५ करोड बराबरको २५ लाख कित्ता साधारण सेयर निष्कासनको प्रक्रियामा रहेका छन् । यी कम्पनी पनि धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा छन् ।

यस्तै सामलिङ पावर कम्पनीको १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता र लघुवित्र क्षेत्रको जीवन विकास लघुवित्तको १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ पनि अनुमतिको पखाईमा रहेको छ ।

यसबाहेक धितोपत्र बोर्डबाट स्वीकृति पाएर स्थानीय आयोजना प्रभावितमा निष्कासन सुरु गरेपछि मध्य भोटीकोसी हाइड्रोपावकरो आईपीओ निष्कासन निषेधाज्ञाले गर्दा स्थगित भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *