खुम्बु पासाङल्हामु गाउँपालिकाले उच्च सतर्कता अपनाउन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

सोलुखुम्बु, असोज १९ गते — जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ गतेदेखि २० गतेसम्म पूर्वी नेपालदेखि पश्चिमी नेपालसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेकाले खुम्बु पासाङल्हामु गाउँपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

गाउँपालिकाले शनिबार सूचना जारी गर्दै सोलुखुम्बु जिल्ला जोखिमयुक्त क्षेत्रमा परेकोले नदी किनारका क्षेत्र तथा पहिरो र बाढी जान सक्ने सम्भावित स्थानमा बसोबास गर्ने स्थानीयवासीहरूलाई सतर्क रहन अनुरोध गरेको हो।

“सुरक्षाका लागि सचेत हुनुहोस्, जोखिम छ भने सुरक्षित स्थानतर्फ जानुहोस्,” सूचना मार्फत भनिएको छ।

गाउँपालिकाले विपद् आइपरेमा तुरुन्त नजिकको नेपाल प्रहरी, नेपाली सेना, वडा कार्यालय, गाउँपालिका कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सुझाव दिएको छ।

यसका साथै, हिजो परेको पानीका कारण भएको क्षतिको विवरण सम्बन्धित वडा कार्यालयमा जानकारी दिन समेत आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *