लुक्लामा मौसमी सुधारसँगै एकैदिन १०० उडान सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ६

सोलुखुम्बु । केही दिनदेखिको प्रतिकूल मौसमका कारण प्रभावित भएको लुक्ला हवाईसेवा आइतबार अचानक मौसम सफा भएसँगै चहलपहलमा फर्किएको छ । मौसम खुल्नासाथ लुक्ला विमानस्थल (तेन्जिङ–हिलारी एयरपोर्ट) मा तारा समिट सिता एयरका विमान तथा हेली गरी करिब १०० वटा उडान भएको एयर ट्राफिक कन्ट्रोलर अमन चन्द्र झाले जानकारी दिनुभयो ।

लामो प्रतीक्षापछि पर्यटक बोकेका विमानहरू धमाधम अवतरण र उडान गर्दा विमानस्थल वरपरको वातावरण निकै व्यस्त बनेको थियो । हालैको असुविधाजनक मौसमका कारण उडान रोकिएका यात्रुहरू पनि यसै दिन गन्तव्यतर्फ जान पाएका छन् । तारा समिट ,सिता एयरलाइन्सले उडान भरेका हुन् ।


एयर ट्राफिक कन्ट्रोलर अमन चन्द्र झाका अनुसार सुरक्षित ढङ्गले उडान सञ्चालन गर्न पूर्वतयारी गरिएर मात्रै विमान उडाइएको हो ।

पर्यटन व्यवसायीहरूका अनुसार यसबेला लुक्लामा देशी–विदेशी पर्यटकहरूको आगमन बढ्दो क्रममा छ। पर्यटकहरू लामो प्रतीक्षापछि खुसीसाथ पदयात्रा गन्तव्यतर्फ लागेका छन् । उडान अवरुद्ध हुँदा लुक्ला हुँदै सगरमाथा क्षेत्र भ्रमणमा आएका सयौँ पर्यटक अलपत्र परेका थिए । मौसम खुलेसँगै एकैदिन गरिएको ठूलो संख्यामा उडानले उनीहरूलाई राहत मिलेको छ भने आगामी दिनमा अझै पर्यटक चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *