कुन ग्रन्थका आधारमा २०८३ सालको पात्रो निकाल्ने भन्ने अन्योल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २९

काठमाण्डौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गर्ने जनाएको छ ।

समितिले आइतबार गरेको नयाँ पदाधिकारीहरूको परिचयात्मक र पूर्व पदाधिकारीलाई धन्यवाद तथा सम्मान कार्यक्रममा अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले केतकी र सूर्य सिद्धान्तका आधारमा गणित गर्दा आउने फरकलाई हेरेर निर्णय गरिने जानकारी दिएका छन् ।

उनले केतकी वा सूर्यसिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय गर्ने बताए । दुई ग्रन्थका आधारमा गरिएको गणितमा आफूले छ घण्टासम्मको फरक पाएको उनले बताए । यसको निर्णयका लागि यसै हप्ता पञ्चाङ्गकारसँग बैठक गर्ने उनले जानकारी दिए ।

पूर्व अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले सूर्य सिद्धान्तबाट ग्रहण, उदयास्त, ग्रहको वक्री मार्गी अवस्था आदि नमिल्ने गरेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *