एमालेको नेतृत्व चयन सहमतिका आधारमा हुने सम्भावना : उपाध्यक्ष पौडेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

काठमाडौं, २०८२ मंसिर १७ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन सहमतिका आधारमा हुने सम्भावना रहेको बताएका छन्।प्रेस चौतारी नेपालमा आयोजित संवाद कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पुनः एकजुट हुने धारणा राखे। उनले भने, “नेतृत्वमा मलाई कुन पदमा रहनु छ भन्नेभन्दा बढी चासो पार्टी र देशको हितमा केन्द्रित छ।”

उपाध्यक्ष पौडेलले संसद् पुनःस्थापना, जेनजीका मागसहित संविधान संशोधन र सर्वपक्षीय सरकारको माध्यमबाट निर्वाचनमा जाने तयारी पार्टीको प्राथमिकतामा रहेको बताए। उनले जोड दिए कि एमाले वडादेखि टोलसम्म फैलिएको पार्टी भएकाले निर्वाचनबाट पछि हट्ने छैन र सरकारले निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Fred1522

    December 3, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *