♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सन्तानको प्रगतिले मन प्रशन्न हुनेछ। काममा नयाँ ऊर्जा थपिनेछ। परोपकारको भावना जागृत भई बौद्धिक क्षेत्रमा विकास हुनेछ।
शुभ रंग: रातो | शुभ अंक: ७
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
स्वार्थका साइनो गाँस्नेहरूबाट सावधान। प्रविधिमार्फत आफन्तसँग भेटघाट हुनेछ। अधिकारी वर्गबाट सहयोग पाउने छ। लगनशीलताले लक्ष्यमा सजिलै पुगिनेछ।
शुभ रंग: हरियो | शुभ अंक: १
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोचेका कामहरू बन्दै जानेछन्। नयाँ अवसर प्राप्त हुन सक्छ। ठेक्कापट्टा वा पशुधनबाट लाभ मिल्नेछ। सम्बन्धहरूमा सन्तुलन आवश्यक।
शुभ रंग: केशरी | शुभ अंक: ४
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनको बोझ हट्दै मन रमाइलो हुनेछ। घर–परिवारबाट सहयोग प्राप्त हुनेछ। व्यापारमा राम्रो लाभ कमाउन सकिनेछ।
शुभ रंग: सेतो | शुभ अंक: २
♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मान–सम्मान बढ्नेछ। सन्तानको प्रगतिले हर्ष थपिनेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ। नयाँ आय स्रोतको खोज मिल्नेछ।
शुभ रंग: हरियो | शुभ अंक: २
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
व्यस्तताका कारण काममा ढिलाइ भए पनि अनुभवले फाइदा हुनेछ। आत्मबल उच्च रहनेछ। व्यक्तिगत समय निकाल्न प्रयास गर्नुहोस्।
शुभ रंग: हल्का खैरो | शुभ अंक: ७
♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
परिश्रमअनुसार परिणाम नआउला। स्वास्थ्यमा ध्यान दिनु आवश्यक। व्यापारमा पारदर्शिता राख्नुहोस्। सकारात्मक सोचले सफलता दिलाउनेछ।
शुभ रंग: पहेलो | शुभ अंक: २
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहकार्यले काम सहज हुनेछ। नयाँ लगानीअघि परामर्श लिनुहोस्। कार्यालयका मतभेद हराउँदै सहयोग पाइनेछ।
शुभ रंग: सेतो | शुभ अंक: ६
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
भावनामा आएर निर्णय नगर्नुहोस्। खुरापाती व्यक्तिबाट टाढा रहनुहोस्। समय अनुसार कदम चाल्नु उपयुक्त। मन अशान्त हुने सम्भावना।
शुभ रंग: बैजनी | शुभ अंक: ८
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा दोधार उत्पन्न हुन सक्छ। कार्यक्षेत्रमा विरोधी सक्रिय हुनेछन्। प्रशासनिक क्षेत्रबाट सहयोग मिल्ने संकेत।
शुभ रंग: कलेजी | शुभ अंक: ५
♑ मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अरूको कुरामा अनावश्यक चासो नदिनुहोस्। व्यापार विस्तारका नयाँ विचार आउँनेछन्। नकारात्मक सोचबाट टाढा रहनुहोस्। योजनालाई गोप्य राख्दा फाइदा।
शुभ रंग: निलो | शुभ अंक: ७
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
घरायसी समस्याले मन अशान्त हुन सक्छ। धैर्य राख्नुहोस्। सुरुवाती चुनौतीपछि कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। सहयोगीहरूको साथ पाइनेछ।
शुभ रंग: पहेलो | शुभ अंक: ३

दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्