|
२०८२ कार्तिक २३
काठमाडौं । यस साताको राशिफल अनुसार अधिकांश राशिका लागि समय सकारात्मक रहनेछ । व्यापार, शेयर बजार र प्रेम सम्बन्धमा प्रगति हुने योग छ । केही राशीका लागि स्वास्थ्य र यात्रा सम्बन्धी सावधानी आवश्यक देखिन्छ ।
- मेष: सामाजिक प्रतिष्ठा र आर्थिक प्रगति, तर घरभित्रबाट धोका सम्भव।
- वृष: धार्मिक यात्रा र नयाँ अवसर, अन्त्यतिर स्वास्थ्य खर्च बढ्ने।
- मिथुन: लगानीमा नाफा, प्रेम र करियरमा सफलता।
- कर्कट: मेहनत अनुसार फल, यात्रा र आर्थिक प्रगति।
- सिंह: न्यायिक र पारिवारिक सुख, तर स्वास्थ्यमा ध्यान दिनुहोस्।
- कन्या: अध्यात्म र प्रतिस्पर्धामा सफलता, यात्रा गर्दा सावधानी।
- तुला: प्रेम विवाहको योग, व्यापारमा लाभ।
- वृश्चिक: सुरुमा चुनौती, अन्त्यमा सफलता र सामिप्यता वृद्धि।
- धनु: रमाइलो यात्रा र व्यापारिक नाफा, मध्यमा मनमुटाव सम्भव।
- मकर: प्रेम र पारिवारिक सहयोग, स्वास्थ्यमा ध्यान दिनुहोस्।
- कुम्भ: सन्तान सुख र राजनीतिक प्रगति, व्यापारमा फाइदा।
- मीन: अध्ययनमा सुधार, व्यापार र यात्रामा सफलता।


दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्