नुवाकोट बेत्रावतीबाट निकालियाे एउटै घरभित्रबाट २४ वटा शव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १६

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरभित्रबाट २४ वटा शव निकालिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार बेत्रावतीमा रहेको उत्तरगया मिनी मार्टको घरबाट २४ वटा शव निकालिएको हो।

एसपी रेग्मीले खोजी तथा उद्धारका क्रममा क्षमताले भ्याएसम्म खोजेर २४ वटा शव निकालिएको र अन्य स्थानमा अझै खोजी गर्न बाँकी रहेको जानकारी दिए।

उनका अनुसार निकालिएका शवको मुचुल्का तयार गरी पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ। हालसम्म कुनै पनि शवको सनाखत हुन सकेको छैन।

मुचुल्का तयार गर्ने काम सकिएपछि शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइने प्रहरीले जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेत्रावतीस्थित उक्त घरभित्र ठूलो संख्यामा मानिसको मृत्यु भएको हो। घटनापछि सुरक्षाकर्मीले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *