काठमाडौँ – हरियो महिनाको रूपमा परिचित साउन महिना हिन्दु नारीहरुको लागि विशेष मानिन्छ। साउनभरी हरियो रंगको चुरापोते, पहिरन र मेहन्दी लगाएर उनीहरु प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा गर्न व्यस्त रहन्छन्।
साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन् । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् ।यो महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
साउन महिनाभरी हिन्दुका आराध्य देव भगवान शिवको पुजा गरिन्छ । साउन महिनामा विशेषगरी सोमवारको विषेश महत्व हुन्छ ।
पहिलो सोमबारः साउन महिनाको पहिलो सोमबारको वर्तले जीवनमा धेरै परिवर्तन ल्याउने र सोचेभन्दा बढी प्रगति हुनेगर्छ । साथै जीवनमा आइपर्ने बाधा सँग लड्न सक्ने क्षमता प्रदान गर्छ । यदि तपाईं लामो समयको लागि कुनै नयाँ कार्य सुरु गर्ने प्रयास गर्दै हुनुहुन्छ तर सफलता मिल्ने हो -होइन भन्ने चिन्ता गर्नुहुन्छ भने तपाई यो दिन वर्त बसेर आफ्नो कार्य सुरुवात गर्नुभएमा तपाईलाई अवस्य सफलता मिल्ने छ र तपाईको दीर्घकालीन योजनाहरू सफल हुदै जानेछन्। व्यवसाय सुरु गर्न चाहने व्यक्तिहरूले पनि वर्त बसेर भगवान शिवको आरधना गरि यसदिन बाट सुरुवात गरेमा सच्चिनै सफलता हासिल गर्न सकिन्छ।
दोस्रो सोमबारः यो सोमबारको संयोग अनुसार राम्रो स्वास्थ्य,वृद्धि र बल प्राप्त हुने योग रहेको छ । यस दिन, लामो समय देखि गम्भीर रोगबाट पिडित व्यक्तिहरुले भगवान शिव को पूजा आराधना गरेर शिवलिङ्गमा जल चडाएपछि त्यो जल हातमा लिएर थोरै खाने र आफ्नो शरिरमा अबिषेक गर्दा रोग कम हुदै जाने मान्यता रहेको छ । यस दिन वर्त बसेर नियामले भगवान शिव को पुजापाठ गर्दा भएका रोगहरुले डदै जाने र अन्य कुनै रोगहरु सम्म टाढा जानेछन् ।तेस्रो सोमबारः साउनको तेस्रो सोमबार वर्त बसी पुजापाठ गरेमा आफूले चिताएका कुराहरु पुरा हुदैँ जानेछन् । यस दिनमा वर्त बसेर भगवान शिवका मन्त्रहरु पाठ गरि पूजा गर्नु पर्नेछ । शिव भक्तहरुको लागि यो पनि धेरै विशेष हुनेछ जो शिव को मन्त्र सिद्ध गर्न चाहन्छन। तपाईसँग भएका समस्याहरु र तपाईहरुले सोचेका र अटेका कामहरु वर्त बसेर पूजा गर्ने क्रममा आफूले मनमनै सम्झिनु भयो भने यी कुराहरु छिटै तपाईहरुले प्राप्त गर्न सक्नु को साथै समस्या हरु बिस्तारै हल हुदैँ जानेछन् ।
चौथो सोमबारः साउन महिनाको अन्तिम सोमबार वर्त बसेर पुजापाठ गर्दा दुश्मन र बाधा हरु टाढा हुँदै जानेछन् । तपाईंको अर्थिक समस्याहरु समेत बिस्तारै हल हुदैँ जनेछन् । यो अन्तिम सोमबार , जो वर्त बसेर भगवान शिवको पूजापाठ गर्छ ,उ सँग शिवजी खुशी भै जीवनभरी उसको जीवनभरि उसको साथमा रहेर उसले खुशी र सुखी बनाई उसका सबै दुख र समस्याहरु बाट पार लगाउने काम गर्नुहुनेछ । त्यस्ता व्यक्तिको जीवनमा ठुलो उन्नति र प्रगति हुनेछ । साथै उसले सोचेका तथा अटेका कामहरु सबै पुरा हुदैँ जनेछन् जसले गर्दा भबिष्य उज्जोल बनाउन मद्धत हुनेछ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्