ट्रम्प–नेतान्याहूबीच इरान मुद्दामा कडा फोनवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ७

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर निकै कडा र कठिन फोनवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सीओसले जनाएको छ। दुई नेताबीच इरानसँगको युद्ध अन्त्य गर्ने र नयाँ कूटनीतिक मार्ग अपनाउने विषयमा स्पष्ट मतभेद देखिएको रिपोर्टमा उल्लेख छ।

रिपोर्टका अनुसार अमेरिका र इरानबीच परमाणु कार्यक्रम तथा क्षेत्रीय मुद्दाहरूमा सहमति खोज्न नयाँ कूटनीतिक पहल भइरहेको छ । यस प्रक्रियामा कतार, पाकिस्तान, साउदी अरब, टर्की र इजिप्ट जस्ता देशहरूले मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन् । कतार र पाकिस्तानले तयार पारेको ‘संशोधित शान्ति मस्यौदा’ का विषयमा ट्रम्पले नेतान्याहूलाई जानकारी गराएका थिए ।

उक्त मस्यौदामा अमेरिका र इरानले एउटा ‘आशय पत्र’ मा हस्ताक्षर गरी औपचारिक रूपमा युद्ध अन्त्य गर्ने र इरानको परमाणु कार्यक्रम तथा ुहर्मुज जलमार्ग खुला गर्ने विषयमा ३० दिने वार्ता शुरू गर्ने प्रस्ताव गरिएको छ । यस कूटनीतिक पहलबारे जानकारी पाएपछि प्रधानमन्त्री नेतान्याहु निकै असन्तुष्ट र आक्रोशित भएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *