काठमाण्डौँ । इरानमा युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाको अभियान चाँडै सकिन सक्ने तर यो हप्ता नै समाप्त नहुने बताएका छन् ।
ट्रम्पले भनेका छन्, ‘इरानसँग जे–जे थियो, लगभग सबै समाप्त भइसकेको छ, यहाँसम्म कि उनीहरूको नेतृत्व पनि कमजोर भइसकेको छ ।’
फेब्रुअरी महिनाको अन्त्यतिर अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेका थिए । त्यसपछि मध्यपूर्वका देशहरूमा तनाव बढिरहेको छ ।
यस तनावबारे रुसी राष्ट्रपति पुटिनसँग कुराकानी गरेको ट्रम्पले बताएका छन् । कुराकानीको क्रममा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको र पुटिनले सहयोग गर्न चाहेको ट्रम्पको भनाइ छ ।
ट्रम्पका अनुसार उनले पुटिनलाई ‘यदि तपाईं युक्रेनको युद्ध अन्त्य गराउन मद्दत गर्न सक्नुहुन्छ भने, त्यो अझ उपयोगी हुनेछ’ भनेका थिए ।
अमेरिकी र इजरायली आक्रमणबाट इरानका सर्वोच्च नेता अली खामेनीसहितका शीर्ष नेताहरु मरिएका थिए । अलि खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको छ ।
रूसी राष्ट्रपति पुटिनले सोमबार मोजतबा खामेनीलाई इरानको नयाँ सुप्रिम लिडर बनेकोमा बधाई दिएका थिए ।
तर ट्रम्पले इरानको नयाँ नेताका मोजतबा खामेनीलाई धेरै मानिसहरूले राम्रोसँग नचिनेको र आफू खुसी नभएको बताएका छन् ।
ट्रम्पले आफूले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गर्दा युक्रेनमा जारी युद्धबारे पनि छलफल गरेको बताएका छन् । र कुराकानी सकारात्मक भएको बताएका छन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्