प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ७

काठमाण्डौँ । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको खोजीपछि संसद् बैठक स्थगित गरी सभामुख प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

प्रधानमन्त्री र सभामुखबीच करिब आधाघण्टा कुराकानी भएको थियो ।

प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै विपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन् । दिनहुँ प्रधानमन्त्रीलाई बोलाउनुपर्ने भन्दै सांसदहरूले सदनमा खोजेपनि सभामुखले बैठकमा आउन रुलिङ गरेका छैनन् । विपक्षी सांसदहरूले रुलिङ गरेरै बोलाउनुपर्ने माग गर्दै आएका छन् ।

प्रधानमन्त्रीको तर्फबाट सदनमा मन्त्रीहरूले जवाफ दिने र विधेयक पेश गर्ने काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *