काठमाण्डौँ । इरानको रिभोलुसनरी गार्ड्सले अमेरिका र इजरायलले पुनः आक्रमण सुरु गरेमा पश्चिम एसियामा जारी तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने चेतावनी दिँदै कडा प्रतिक्रिया दिने वाचा गरेको छ । सम्भावित पुनः सङ्घर्षबारे बढ्दो आशङ्काबिच तेहरानले यस्तो कठोर सन्देश सार्वजनिक गरेको हो ।
रिभोलुसनरी गार्ड्सले आफ्नो वेबसाइट ‘सेपाह न्युज’ मार्फत जारी गरेको विज्ञप्तिमा यदि इरानविरुद्ध आक्रमण दोहोरियो भने ‘यस पटकको क्षेत्रीय युद्ध अझ टाढासम्म फैलिनेछ’ र प्रतिशोधात्मक कारबाही अत्यन्त विनाशकारी हुनेछ भनिएको छ । विज्ञप्तिमा अमेरिकालाई लक्षित गर्दै कठोर शब्दमा चेतावनी दिइएको छ ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा दीर्घकालीन सम्झौता नभए वासिङ्टनले इरानमाथि पुनः सैन्य कारबाही गर्न सक्ने सङ्केत गरेका छन् । पछिल्लो समय दुवै पक्षबिच वार्ता प्रयाससँगै धम्कीपूर्ण अभिव्यक्तिहरू पनि तीव्र बनेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्