कङ्गोमा इबोला संक्रमणबाट १३६ जनाको मृत्यु, प्रकोप नियन्त्रणमा चुनौती

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ६

ंकाठमाण्डौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को पूर्वी प्रान्त इटुरीमा इबोला महामारी तीव्र रूपमा फैलिएपछि सरकारले नियन्त्रणका प्रयासहरूलाई तीव्रता दिएको छ । गत मे १५ मा महामारी घोषणा गरिएयता यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या १३६ पुगेको छ ।

स्वास्थ्यमन्त्री रोजर काम्बाले मंगलवार आयोजित पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार हालसम्म ५४३ जनामा संक्रमणको आशंका गरिएको छ । तीमध्ये ३२ जनामा प्रयोगशाला परीक्षणमार्फत संक्रमण पुष्टि भइसकेको छ ।

मन्त्री काम्बाले हालसम्मका १३६ मृत्युलाई ‘शंकास्पद’ श्रेणीमा राखिएको र ती मृत्युहरू प्रत्यक्ष रूपमा इबोला भाइरसकै कारण भएका हुन् वा होइनन् भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अधिकारी एडेलहेड मार्सचाङ आन्सियाकाअनुसार हालसम्म यस प्रकोपको सुरुवाती बिरामी (पेसेन्ट जिरो) को पहिचान हुन सकेको छैन । भाइरसको नमुना परीक्षण गर्दा यो ‘बुन्डिबुग्यो’ प्रजाति भएको पाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *