दक्षिण कोरियाली जहाज विस्फोटमा आफ्नो संलग्नता नरहेको इरानको स्पष्टिकरण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २४

काठमाडौँ । यस साताको सुरुवातमा स्ट्रेट अफ होर्मुजमा दक्षिण कोरियाली जहाजमा भएको विस्फोट र आगलागीको घटनामा आफ्नो कुनै संलग्नता नरहेको इरानले स्पष्ट पारेको छ ।

‘स्ट्रेट अफ होर्मुजमा दक्षिण कोरियाली जहाजमा भएको क्षतिसम्बन्धी घटनामा इस्लामिक गणतन्त्र इरानका सशस्त्र बलको संलग्नताबारे लगाइएका सबै आरोपहरू इरान दृढतापूर्वक अस्वीकार र पूर्ण रूपमा खण्डन गर्दछ’ राजधानी सोलस्थित इरानी दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले मंगलबार जहाजमा भएको विस्फोट र आगलागीको वास्तविक कारण जहाज बन्दरगाहमा ल्याइएपछि मात्र स्पष्ट हुने जनाएको थियो । यसअघि अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत इरानले उक्त सामुद्रिक मार्गमा दक्षिण कोरियाली कार्गो जहाजमाथि आक्रमण गरेको दाबी गरेका थिए ।

अमेरिका र इजरायलका आक्रामक गतिविधिका कारण अहिले स्ट्रेट अफ हर्मुजलाई आफ्नो रक्षात्मक भूगोलको महत्त्वपूर्ण भागका रूपमा हेर्न थालेको पनि इरानी दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *