इरानले स्ट्रेट अफ होर्मुजमा जहाजलाई निशाना बनाउँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ९

काठमाण्डौँ । इरानले स्ट्रेट अफ होर्मुजमा आक्रमण तीव्र पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविराम लम्ब्याएको घोषणा गरेको केही घण्टापछि यी आक्रमण भएका हुन् ।

बेलायतको समुद्री व्यापार हेर्ने संस्था यूकेएमटीओका अनुसार बुधबार बिहान स्ट्रेट अफ होर्मुज क्षेत्रमा कम्तीमा तीन वटा कन्टेनर जहाजमाथि गोली प्रहार गरिएको छ ।

रिपोर्टअनुसार इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स ९आईआरजीसी०सँग सम्बन्धित गनबोटले ओमानको उत्तर–पूर्वतर्फ लाइबेरियामा दर्ता भएको एक जहाजलाई लक्षित गर्दै गोली तथा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरेको थियो ।

यसबाट जहाजको ब्रिजमा क्षति पुगेको छ । यद्यपि जहाजमा आगलागी वा वातावरणीय क्षति नभएको र सबै चालक दल सुरक्षित रहेको जनाइएको छ ।

सुरक्षा स्रोतहरूका अनुसार उक्त गनबोटमा तीन जना सवार थिए । जहाजका कप्तानले आक्रमणअघि कुनै रेडियो सम्पर्क नभएको र सुरुमा स्ट्रेट पार गर्न अनुमति दिइएको जानकारी पाएको बताएका छन् ।

यूकेएमटीओले अर्को घटनामा इरानको पश्चिमतर्फ करिब ८ नटिकल माइल दूरीमा पनामामा दर्ता भएको दोस्रो जहाजमाथि पनि गोली प्रहार भएको जनाएको छ ।

यस घटनामा जहाजमा कुनै क्षति नभएको र चालक दल सुरक्षित रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *