अमेरिकी ‘प्रोजेक्ट फ्रीडम’ ले जोखिम बढाएको इरानको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २२

काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले अमेरिकाले होर्मुज क्षेत्रमा जहाज आवागमन र ऊर्जा सुरक्षालाई जोखिममा पारेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत ट्रम्पको ‘प्रोजेक्ट फ्रीडम’ युद्धविराम उल्लंघन भएको र यसले क्षेत्रलाई नाकाबन्दीजस्तै अवस्थामा पुर्‍याएको बताएका छन् ।

उनले वर्तमान अवस्था लामो समय टिक्न नसक्ने चेतावनी दिँदै इरानले आफ्नो पूर्ण शक्ति अझै प्रदर्शन नगरेको बताएका छन् ।

यस्तै, दक्षिण कोरियाले ‘प्रोजेक्ट फ्रीडम’ मा सहभागी हुनेबारे विचार गरिरहेको जनाएको छ। यो अमेरिकी सैन्य अभियान हो, जसको उद्देश्य होर्मुजमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *