होर्मुज मार्गमा जापानी जहाजलाई सहुलियत दिन इरान सकारात्मक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ७

काठमाडौं, ७ चैत — अब्बास अरागची नेतृत्वको इरानी विदेश मन्त्रालयले जापानसँग सम्बन्धित जहाजलाई होर्मुज स्ट्रेट हुँदै आवत–जावत गर्न अनुमति दिन सकिने संकेत दिएको छ।

जापानी समाचार संस्था क्योडो न्युज सँगको कुराकानीमा अरागचीले यस विषयमा दुवै पक्षबीच छलफल अघि बढिसकेको जानकारी दिएका छन्। उनका अनुसार प्रतिबन्ध अस्थायी रूपमा हटाउने उपाय खोजिँदैछ।

उता जापान सरकारका एक अधिकारीले पनि इरानसँग प्रत्यक्ष संवाद नै समस्या समाधानको प्रभावकारी माध्यम हुने बताएका छन्। साथै, बाह्य प्रभावबाट जोगिँदै सावधानीपूर्वक अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *