|
२०८२ चैत्र १९
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी र्दिएका छन् । ट्रम्पको उक्त अभिव्यक्तिले युद्ध अन्त्य नजिक पुगेको सङ्केत गरे पनि अन्तर्राष्ट्रिय चिन्ता झनै बढाएको छ ।
ह्वाइट हाउसबाट बुधबार साँझ सम्बोधन गर्दै ट्रम्पले संयुक्त राज्य अमेरिका आफ्नो लक्ष्य हासिल गर्ने चरणमा पुगेको बताए, तर युद्ध कसरी र कहिले टुङ्गिन्छ भन्नेबारे स्पष्ट खाका प्रस्तुत गरेका छैनन् । उनले ‘काम छिट्टै पूरा गरिने’ दाबी दोहोर्याउँदै अमेरिकी आक्रमण अझ तीव्र हुने सङ्केत गरेका छन् ।
एक महिनाभन्दा बढी समयदेखि जारी यस द्वन्द्वले अमेरिकाभित्रै राजनीतिक दबाब बढाइरहेको छ ।
दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्