पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा अफगानिस्तानले हवाई आक्रमण गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १८

काठमाण्डौँ । अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानहरूमा हवाई आक्रमण गरेको बताएको छ।

सामाजिक सञ्जाल एक्स मार्फत मन्त्रालयले अफगान वायुसेनाले महत्वपूर्ण पाकिस्तानी सैन्य सुविधाहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको हो ।

विज्ञप्तिमा आक्रमणमा रावलपिन्डीको नुर खान एयरबेस, क्वेटा, बलुचिस्तानको १२ औँ ब्रिगेड बेस र खैबर पख्तुनख्वाको मोहमण्ड एजेन्सीको खोइजाई क्याम्पका साथै अन्य प्रमुख सुविधाहरू तथा सैन्य स्थलहरू समावेश रहेको जनाइएको छ ।

तस्बिरहरूले चारवटा पाकिस्तानी हवाई अड्डाहरूमा आक्रमणबाट भएको क्षति देखाएको छ । जसमा रावलपिन्डीको नुर खान एयर बेस, सरगोडाको पिएएफ बेस मुशफ, भोलारी एयर बेस, र ज्याकोबाबादको पिएएफ बेस शाहबाज रहेका छन् ।

यसैबीच, अफगान रक्षा मन्त्रालयले पनि पाकिस्तानी सेनाले काबुल, बगराम र अन्य क्षेत्रहरूमा गरेको हवाई आक्रमणको बदलामा अभियान सुरु गरिएको बताएको छ ।

प्रारम्भिक जानकारी अनुसार, यी आक्रमणहरूले उल्लेखित लक्ष्यहरूमा ठुलो क्षति पुर्याएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *