बिल गेट्सले एप्स्टिनसँग आफ्नो नाम जोडिएको मामिलामा पहिलो पटक मुख खोले

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २२

काठमाण्डौँ । अमेरिकी खर्बपति व्यापारी तथा बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले एप्स्टिनसँग आफ्नो नाम जोडिएको मामिलामा पहिलो पटक मुख खोलेका छन् ।

हालै अमेरिकी न्याय मन्त्रालयले एप्स्टिनसँग सम्बन्धित करिब करिब ३० लाख पृष्ठका कागजात सार्वजनिक गरेको थियो । यसमा गेट्स मात्रै होइन एलन मस्क लगायतका कयौँ अमेरिकी धनाढ्यको पनि नाम आएको थियो ।

अस्ट्रेलियाको ९ न्यूजलाई दिएको अन्तर्वार्तामा गेट्सले एप्स्टिनसँग समय बिताउनु मूर्खता भएको स्वीकार गर्दै त्यसका लागि पश्चात्ताप गर्दै र माफी मागेका छन् । गेट्सले एप्स्टिनसँग आफूले कुनै गलत गतिविधि नगरेको स्पष्ट पारेका छन् ।

सन् २०१३ मा एप्स्टिनले आफैँलाई लेखेको भनिएको इमेललाई उनले झुटो र कहिल्यै नपठाइएको बताए । पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले एनपीआरसँगको अन्तर्वार्तामा एपस्टाइनसँग सम्बन्ध राख्ने धनी व्यक्तिहरूले जवाफ दिनुपर्ने बताएपछि यो प्रतिक्रिया आएको हो ।

मेलिन्डाले गेट्सको एपिस्टनसँगको सम्बन्ध वैवाहिक सम्बन्ध टुट्नुका कारणमध्ये एक भएको बताइसकेकी छिन् । गेट्सका अनुसार उनले एप्स्टिनलाई सन् २०११ मा भेटेका थिए ।

उनले एप्स्टिनलाई गेट्स फाउन्डेसनका लागि दाता जुटाउन सक्ने ठानेका थिए । आफू एप्स्टिनको निजी टापुमा कहिल्यै नपुगेको र कुनै महिलालाई नभेटेको दाबी पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *