काठमाण्डौँ । स्विजरल्याण्डको डावोसमा सम्पन्न ‘विश्व आर्थिक मञ्च’मा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपका नेताहरूको प्रतिक्रियालाई ढिलो, असङ्गठित र अपर्याप्त भएको भन्दै कडा आलोचना गरेका छन् । उनले रुसको आक्रमण सुरु भएको करिब चार वर्षपछि पनि युरोपले पर्याप्त कदम नचालेको बताए ।
जेलेन्स्कीले आफ्नो भाषणमा युरोपलाई ‘विश्व शक्ति बन्न आवश्यक छ’ भन्दै अन्य देशहरूको तुलनामा ढिलो निर्णय गर्ने प्रवृत्तिको आलोचना गरे । उनले अमेरिकाको भेनेजुएला र ईरानसँगको साहसी कदमहरूसँग तुलना गर्दै युरोपले ढिला प्रतिक्रिया दिएको बताए ।
युरोपले युक्रेनलाई आर्थिक, सैन्य र मानवीय सहयोग गरेको भए पनि सबै यूरोपेली सङ्घका सदस्य राष्ट्रहरूले समर्थन गरेका छैनन् । युरेनले युरोपका राजनीतिक असहमति र ढिला निर्णयले समस्यामा परेको भन्दै गुनासो गरेका छन् ।
जेलेन्स्कीले डावोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग करिब एक घण्टा लामो निजी बैठक पनि गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्