काठमाण्डौँ । भारतको मुम्बई विमानस्थलमा मंगलबार एयर इन्डिया र इन्डिगो एयरका पखेटा एकापसमा ठोक्किएका छन् ।
यात्रुवाहक दुवै एयरलाइन्सले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस घटनाको पुष्टि गरेको इकोनोमिक टाइम्सले जनाएको छ ।
यो घटना हैदराबादबाट मुम्बई आएको इन्डिगोको उडान नम्बर ‘६ई ७९१’ र मुम्बईबाट कोयम्बतुर प्रस्थान गर्ने तयारीमा रहेको एयर इन्डियाको उडान नम्बर ‘एआई २७३२’ बीच भएको हो ।
इन्डिगोको विमान अवतरणपछि ट्याक्सी–वेमा गुडिरहेको थियो भने एयर इन्डियाको विमान उडान भर्नुअघि ट्याक्सी–वेमा पालो पर्खेर बसिरहेको थियो ।
सबै यात्रुहरू सुरक्षित छन् र विमान पार्किङ गरेपछि उनीहरूलाई ओरालिएको छ । विमानको अहिले मर्मतसम्भार र निरीक्षण भइरहेको छ ।”
प्रोटोकल अनुसार सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।
यसैबीच, एयर इन्डियाले आफ्नो विमानको पखेटामा क्षति पुगेपछि उडान ‘एआई २७३२’ ढिलो भएको र थप प्राविधिक जाँचका लागि ‘ग्राउन्डेड’ गरिएको जनाएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्