|
२०८२ पुष २९
काठमाण्डौँ । युक्रेनको उत्तरपूर्वी सहर खार्किवमा रुसले गरेको पछिल्लो आक्रमणमा परी चार जनाको मृत्यु भएको छ। क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले मङ्गलबार दिएको जानकारी अनुसार खार्किवको बाहिरी इलाकामा भएको यस आक्रमणमा अन्य ६ जना घाइते भएका छन् ।
रुसले पछिल्लो समय युक्रेनी सहरहरूलाई लक्षित गरी ड्रोन र मिसाइल आक्रमण तीव्र पारेको छ । खार्किवका मेयर इगोर टेरेखोभले रुसी लामो दूरीको ड्रोनले बालबालिकाको मेडिकल सेन्टरमा समेत प्रहार गरेको बताएका छन् ।
उक्त प्रहारका कारण अस्पतालमा आगलागी भए पनि मानवीय क्षति भने हुन पाएन । रुसी आक्रमणको प्रभाव दक्षिणी सहर ओडेसासहित अन्य क्षेत्रमा पनि देखिएको छ। क्षेत्रीय गभर्नर सेर्गी लिसाकका अनुसार रातभर भएका आक्रमणबाट आवासीय भवन, अस्पताल र किन्डरगार्टेनमा क्षति पुग्नुका साथै कम्तीमा पाँच जना घाइते भएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्