|
२०८२ पुष २२
काठमाण्डौँ । चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
सोमबार चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै मृत्यु भएको हो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्