पाकिस्तानमा पत्रकारविरुद्ध अदालतको कारवाहीले प्रेस स्वतन्त्रतामाथि खतरा पैदा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २४

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकार फाउन्डेसन (आईएचआरएफ) ले पाकिस्तानमा हालै भएका अदालतका कारबाहीले प्रेस स्वतन्त्रता, न्यायिक स्वतन्त्रता तथा मौलिक अधिकारमाथि गम्भीर खतरा पैदा गरेको भन्दै संयुक्त राष्ट्रसंघ (यूएन) मा गहिरो चिन्ता व्यक्त गरेको छ ।

आईएचआरएफले जारी गरेको वक्तव्यमा पाकिस्तानको आतङ्कवादविरोधी अदालतले विदेशमा बसोबास गरिरहेका केही पाकिस्तानी पत्रकार तथा राजनीतिक विश्लेषकहरूलाई अनुपस्थितिमै दोषी ठहर गर्दै कडा जेल सजाय सुनाएकोप्रति आपत्ति जनाएको छ ।

दोषी ठहर गरिएकामा पत्रकारहरु आदिल राजा, शाहिन सेहबाई, डा। मोइद पिरजादा, सैयद अकबर हुसेन, वजाहत सईद खान, साबिर शाकिर र सैयद हैदर रजा मेहदी रहेका छन् ।

फाउन्डेसनका अनुसार उनीहरूलाई मुद्दा दर्ता भएको जानकारी नदिइएको, प्रमाणमा पहुँच नदिइएको र आफ्नो बचाउ प्रस्तुत गर्ने कुनै पनि सार्थक अवसर प्रदान नगरिएको बताइएको छ ।

यसले न्यायिक प्रक्रिया, न्यायिक स्वतन्त्रता तथा पाकिस्तानको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार दायित्व—विशेषगरी अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि (आईसीसीपीआर) को गम्भीर उल्लङ्घन भएको आईएचआरएफको ठहर छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *