काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंसिर ९ गते, मंगलबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। बैंकले प्रकाशित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा तय गरिएको छ।
त्यसैगरी, अष्ट्रेलियाली डलरको खरिददर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा तोकिएको छ। क्यानाडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा तथा बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ।
युरोपेली युरोको हकमा एक युरोको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकता अनुसार यी दरहरूमा परिवर्तन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले जनाउने विनिमय दर केही फरक हुन सक्ने उल्लेख गर्दै अद्यावधिक दर हेर्न केन्द्रीय बैंकको वेबसाइट प्रयोग गर्न सुझाव दिइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्