पक्राउ परे राष्ट्र बैंक निर्देशकका श्रीमान कमलप्रसाद रेग्मी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३

काठमाडौं – प्रहरीले जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्व महानिर्देशक कमलप्रसाद रेग्मीलाई पक्राउ गरेको छ। रेग्मी बल्खुबाट पक्राउ परेका हुन्।

जेष्ठ नागरिकसम्बन्धी कसुरमा रेग्मीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

कमलप्रसाद र उनकी श्रीमती सुष्मा रिजाल रेग्मी मिलेर सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोडभन्दा बढी सम्पत्ति खाएको आरोप लागेको छ।

२२ चैतमा रेग्मीकी पत्नी सुष्मालाई प्रहरीले पक्राउ गरेको थियो। राष्ट्र बैंकको निर्देशक पदमा कार्यरत सुष्मा अहिले पुर्पक्षका लागि कारागारमा छिन्।

ज्येष्ठ नागरिक ऐन–०६३ अनुसार संरक्षकले ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गर्न पाइँदैन्। ०७६ मंसिरमा बुवा भूपेन्द्रको मृत्युपछि शोभाले आफ्नो सम्पत्ति छोरी–ज्वाईंको जिम्मामा राखेकी थिइन्।

पालन–पोषण गर्ने शर्तमा संरक्षक बनेर सम्पतीको जिम्मा लिएकी सुष्माले माछापुच्छ्रे बैंकमा राखेको पैसा र सुन अनाधिकृत रुपले निकालेको शोभाले दाबी गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *