काठमाण्डौँ । गोवाको अरपोरा क्षेत्रस्थित एक नाइट क्लबमा शनिबार राति भएको ग्यास सिलिन्डर विस्फोट र त्यसपछिको आगलागीका कारण २५ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा चार जना पर्यटक र १४ जना क्लबका कर्मचारीहरू रहेको पुष्टि भएको छ । बाँकी सात जनाको पहिचान भने खुल्न सकेको छैन ।
गोवा प्रहरीले घटनालगत्तै क्लबका प्रबन्धकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार राति करिब १२ बजे क्लबमा सिलिन्डर विस्फोट भयो। विस्फोट यति शक्तिशाली थियो कि केही मिनेटमै आगो क्लबको सम्पूर्ण भागमा फैलियो। दमकलका कर्मचारीहरूले लामो प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।
घटनास्थलमा मुख्यमन्त्री प्रमोद सावंत र स्थानीय विधायक माइकल लोबो पुगेका थिए । मुख्यमन्त्री सावंतले मृत्यु हुनेमध्ये तीन जनाको जलेर र बाँकीको निसास्सिएर ज्यान गएको बताएका छन् । उनले घटनाको पूर्ण अनुसन्धान गरिने र दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्