मध्यराति नाइट क्लबमा केपी ओलीको इन्ट्री

DaksuMedia दाक्सु मिडिया
|
२०७९ कार्तिक २६

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागिचुनावी अभियानमा व्यस्त रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यराति ठमेलस्थित एक नाइटक्लब पुगेका छन्।

एमाले अध्यक्ष ओली शुक्रबार मध्यरात करिब १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्। 

एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीत ‘सहर सहरमा ओली’ समेत सार्वजनिक गरेका छन्।

केपी ओलीका बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो।

शुक्रबार नै ‘केपी बा’ नाम दिइएको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको थियो।

युवाहरूमाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

चुनावी अभियानका क्रममा शुक्रबार दिउँसोसम्म ओली आफ्नो गृह प्रदेश (प्रदेश १) मा थिए। शुक्रबार उनले धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *