|
२०८२ मंसिर ५
काठमाण्डौँ । ब्राजिलको भ्यालेममा संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन कोप–३० को बैठकका क्रममा आगलागी भएको छ । आगलागीका कारण बैठकस्थल तुरुन्तै खाली गर्नुपरेको थियो । तर अग्निनियन्त्रकहरूले तत्कालै आगो नियन्त्रणमा लिएका थिए ।
आगो एउटा मण्डपमा लागेको थियो । लगभग छ मिनेट भित्र आगो नियन्त्रणमा आएको कार्यक्रम आयोजकहरूले बताएका छन् । यद्यपि, धुवाँका कारण सास फेर्न गाह्रो भएपछि २१ जनालाई डाक्टरले चेकजाँच गर्नुपर्यो ।
आगो लागेपछि मानिसहरूलाई तुरुन्तै बाहिर निकालिएको थियो । दमकलका गाडीहरू तीव्र गतिमा भित्र दौडिरहेको देखिएको थियो ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्