बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २५

काठमाण्डौँ । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना छन् । धर्मेन्द्रको स्वास्थ्यको बारेमा धेरै रिपोर्टहरू आएका छन् । उनको मृत्यु भइसकेको अफवाह भारतीय सञ्चार माध्यममा फैलिरहेको समयमा अभिनेताकी छोरी ईशा देओलले आफ्नो बुबाको स्वास्थ्यको बारे बोलेकी छिन् ।

ईशाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा आफ्ना धर्मेन्द्रको स्वास्थ्यबारे लेखेकी छिन्, ‘मिडिया अति नै एक्टिभ भएको छ र गलत समाचार फैलाइरहेको छ । मेरो बुबाको स्वास्थ्य स्थिर छ, उहाँ निको भइरहनु भएको छ । तपाईँ सबैलाई अनुरोध गर्दछु कि हाम्रो परिवारलाई प्राइभेसी दिनुस् । बुबाको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद ।’ इन्ष्टाग्राम पोष्टमा लेखिएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र गीतिकार जावेद अख्तरले धर्मेन्द्रको मृत्यु भएको भन्दै समवेदना व्यक्त गरेपछि एशाको यो पोस्ट आएको हो ।

धर्मेन्द्रको स्वास्थ्य पछिल्लो समय हेडलाइन बनेको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हालै अस्पतालमा भर्ना गरिएको थियो । उनी डाक्टरहरूको निगरानीमा छन् । ईशाभन्दा अगाडि हेमा मालिनीले पनि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा धर्मेन्द्रको स्वास्थ्यबारे जानकारी शेयर गरेकी थिइन् । हेमाले धर्मेन्द्र डाक्टरहरूको निगरानीमा रहेको अनि उनको अवस्था स्थिर रहेको पुष्टि गर्दै एक विज्ञप्ति जारी गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *