काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जना अहिले पनि विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २ हजार ३१६ जना घाइतेमध्ये २ हजार २३८ जनालाई उपचारपश्चात डिस्चार्ज गरिएको छ।
मन्त्रालयका अनुसार हाल सिभिल अस्पतालमा १, राष्ट्रिय ट्रमा सेन्टरमा १०, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा ५, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३, नेपाल प्रहरी अस्पतालमा १ र कीर्तिपुर अस्पतालमा १ जना उपचाररत छन्।
त्यसैगरी बी एन्ड बी अस्पतालमा ३, विराट मेडिकल शिक्षण अस्पताल, नोबेल मेडिकल कलेज शिक्षण अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनही १–१ जना गरी कुल ३० जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग समन्वय गरी प्राप्त विवरण अनुसार हालसम्म अस्पतालहरूमा भर्ना भएका र मृत्यु भएका व्यक्तिहरूको संख्या ४९ रहेको जानकारी दिएको छ।
असोज १२ गतेदेखि सुरु भएको आन्दोलनपछिको अवधिमा मात्र ‘जेनजी क्लिनिक’ मार्फत सेवा लिएका घाइतेहरूको संख्या ९ रहेको मन्त्रालयले जनाएको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्