जन्ती गएको कार नदीमा खस्दा बेहुलासहित ९ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन ८

काठमाडौं। भारतको राजस्थानमा गएराती जन्ती गएको कार नदीमा खस्दा बेहुलासहित ९ जनाको मृत्यु भएको छ । जानकारी अनुसार जन्ती चौथको बरवाडाबाट उज्जैन जाँदै थियो । नदीमा डुबेको कारमा बेहुला सहित ९ जना चढेका थिए । सबैको मृत्यु भएको छ । सूचनापछि घटनास्थल पुगेको उद्धार टोलीले कारलाई बाहिर निकालेको छ ।

चौथको बरवाडाबाट किशनलालका छोराको जन्ती इन्दौरको लागि हिँडेको थियो । जन्तीमा गएका गाडीहरुमध्ये एउटा कारको सन्तुलन बिग्रिएपछि चम्बल नदीमा कोटाको नयापुरा पुलबाट खस्यो । यो जोडीको प्रेमविवाह हुन लागेको बताइएको छ । बेहुला अविनाश जयपुरमा काम गर्थे । उनको फेसबुकमार्फत इन्दौरकी युवतीसँग मित्रता र पछि प्रेम भएपछि उनीहरुले बिहे गर्न लागेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *